बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै भएको दुर्घटनापछि सोमबार राति खोजी तथा उद्धार कार्य सम्पन्न भएको हो। नारिनो प्रान्तीय सरकारले घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने खानीमा रहेका जोखिमलाई पुनः […]