एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण पछि आगलागी भएको जनाइएको छ भने तटीय सहर टुआप्समा आगलागीका कारण बाक्लो कालो धुवाँले स्थानीय आपतकालको अवस्था उत्पन्न भएको जनाइएको छ […]