काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम सञ्चालन गर्दैछ । कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन ‘संसदीय सचेतना’ कार्यक्रम गर्न लागेको हो । पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम राखिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए […]