दोलखामा हवाई फायर, मतदान स्थगित

काठमाडौं– दोलखाको तामाकोशीस्थित मालु मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको छ ।  तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो । निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो ।  हवाई फायरपछि नाराबाजी सुरु भएको थियो ।