गगन थापा नेतृत्वको कांग्रेसलाई मात्रै जनताले आधिकारिक कांग्रेसका रूपमा चिनेका छन् : निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य निश्कल राईले आम नागरिकले गगनकुमार थापा नेतृत्वको पार्टीलाई नै नेपाली कांग्रेसका रूपमा चिनेको दाबी गरेका छन् । बुधबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले कांग्रेस अब छिट्टै गाउँगाउँ र टोलटोलमा पुग्ने बताए । उनले पार्टीमा आबद्ध हुन चाहने सबैलाई समेटेर अघि बढ्ने नीति […]