आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।