दुई सातापछि बंगलादेशविरूद्ध खेल्दै नेपाल, प्रशिक्षकको भने छैन टुंगो
नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। आगामी कात्तिक २७ गते बिहीबार नेपाल र बंगलादेशबीच फिफा विन्डोमा अन्तर्राष्ट्रिय खेल हुन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) को भनाइ छ।