पुमा खोला पुल सञ्चालनमा, वर्षौँदेखिको स्थानीयवासीको सपना पूरा

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–७ स्थित पुमा खोला (बनथोक–मैगुम) मा निर्माण गरिएको पुल औपचारिक रुपमा सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको पुलको मंगलबार बेसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले शुभारम्भ गरेका हुन् । २५ मिटर लम्बाइ र ७० टन भारवहन क्षमता रहेको उक्त पुल निर्माणका लागि ३ करोड ९८ लाख […]