संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली

ग्लोबल हेल्थ सेक्युरिटी इन्डेक्समा नेपालको स्कोर ३४ (१९५ मध्ये १०७औँ स्थान) ले महामारी पूर्वतयारी क्षमताको मध्यम-निम्न स्तर देखाउँछ; युनिर्भस हेल्थ कभरेज (यूएचसी) सूचकाङ्क (५३–५४ अङ्क) ले नेपाललाई एसईएआर क्षेत्रकै तल्लो पङ्क्तिमा राख्छ, जहाँ न्यून-आर्थिक तहका मुलुकले समेत बलियो यूएचसी हासिल गरिसकेका छन्।