चार वर्षअघि दुर्घटनामा परेर हात–खुट्टा भाँचिएका रिजालको पहिले शल्यक्रिया गर्दा राखिएको स्टिलको स्थानमा पुनः समस्या देखिएको थियो। आर्थिक अवस्था निकै कमजोर भएका कारण उनी उपचार खर्च जुटाउन नसकेर भौँतारिइरहेका थिए। सोही अवस्थालाई मध्यनजर गर्दै अस्पतालले उनलाई आवश्यक पर्ने सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको हो।