श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति प्रक्रियामा व्यापक सुधार गर्दै टोकन प्रणालीको अन्त्य गरेको छ। अब वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरूले आवेदन दिएको दिनमै श्रम स्वीकृति प्राप्त गर्ने व्यवस्था सुरु गरिएको मन्त्रालयले जनाएको छ। आज मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो। श्रममन्त्री दीपक कुमार साहको उपस्थितिमा सम्पन्न बैठकमा शासकीय सुधारसँग सम्बन्धित […]