सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ पदबाट राजीनामा दिएका छन्। उनी श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हुन्। यो पार्टीले पछिल्लो समय कोशी प्रदेशमा पकड बनाइरहेको छ। २०७९ को चुनावमा लौरो लिएर मेयर जितेका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लड्न राजीनामा दिएका हुन्। उनले धरानमा माओवादी केन्द्रबाट विजयी […]