बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो

सुनसरी : इनरुवामा अपांग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दबाब दिँदै आएको विषय बाहिरिएको छ।इनरुवा-४ को उक्त घटनामा पीडक पक्षका आफन्तले पैसाको प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीडित पक्षको भनाइ छ। करणीको आरोपमा प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही चलाइसकेको छ। प्रहरी प्रतिवेदनका आधारमा अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान समेत गरिसकेको छ।यद्यपि पीडित परिवारले भने आफूहरूले धाकधम्की खेपिरहनु परेको भन्दै गुनासो