पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना महामारीबीच राजनीतिमा अस्थिरता ल्याएर सत्ताको लागि दाउपेचमा केन्द्रित हुनु दुःखद भएको बताएका छन्। प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै उनले राजनीति द्धन्द्धको विषयमामत्र नभई एकता, मेलमिलाय र विश्वासको बलियो सिमेन्ट पनि भएको उल्लेख गरे। उनले आफूलाई विश्वासको मत दिए अझै एकताबद्ध प्रयासमार्फत प्रदेशको विकास अघि बढाउने प्रतिबद्धता जनाए।