नेपालगञ्ज नाकाबाट १ अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

भदौ ११, बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमा १ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबरको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/ ७७ मा १ अर्ब १० करोड ८८ लाख रुपैयाँको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा ८९ करोड रुपैयाँको चामल आयात भएको छ । आव ०७६/ ७७ भन्दा यो झण्डै २९ करोड रुपैयाँभन्दा बढी हो ।             आव ०७७/ ७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ रुपैयाँको ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६/ ७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैयाँ बराबरको आयात भएको थियो । आव ०७५/ ७६ मा  ४९ करोड ७१ लाख १५ हजार ८१३ रुपैयाँको चामल आयत भएको देखिन्छ ।             नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव २ अर्ब ४६ करोड ७० लाख रुपैयाँको पेट्रोल आयात भएको उनले बताए । आव ०७६/ ७७ मा १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको आयात भएको थियो ।         कार्यालयका अनुसार गत आवमा ४ अर्ब ८८ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६/ ७७ को तुलनामा धेरै हो । उक्त आवमा १ अर्ब ४४ करोड ६२ लाख रुपैयाँको ती वस्तु आयात भएको थियो ।             सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा ३९ करोड १२ लाख रुपैयाँको क्लिङ्कर आयात हुँदा आव ०७६/ ७७ मा  ४१ करोड ९३ लाख रुपैयाँको क्लिङकर आयात भएको थियो । रासस  

सम्बन्धित सामग्री

वन विकास कोषको १ अर्ब अलपत्र

वनको विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यबाट गठन गरिएको वन विकास कोषमा अहिलेसम्म करिब १ अर्ब रूपैयाँ जम्मा भएको छ।...

कोरोना बीमाको १ अर्ब ८१ करोड रकम बाँडिदै, कसले पाउँछन् पहिला ?

कोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले हालेको ८१ करोड रुपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो ।सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बीपी प्रतिष्ठान १ अर्ब ४१ करोड घाटामा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ। प्रतिष्ठानले स्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोड घाटामा रहेको जनाएको छ।

तुलसीपुरको बजेट १ अर्ब ८६ करोड

तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ बजेट ल्याएको छ।

चीनमा १ अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको खोप

चीनका पनि १ अर्ब २४ करोड जनसंख्याले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्। चीन सरकारले सार्वजनिक गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार १ अर्ब २४ करोड जनसंख्याले पूर्णमात्रा खोप लगाएका छन्।

गुगलले एयरटेलमा १ अर्ब डलर लगानी गर्ने

गुगलले भारतको नम्बर दुई मोबाइल अपरेटर भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ । करिब  एक अर्ब भारतीयहरूलाई स्मार्टफोनमा सस्तो पहुँच प्रदान गर्न र क्लाउड–आधारित कम्प्युटिङको प्रयोगलाई गति...

४ महिनामा १ अर्ब बढीका राउटर नेपाल भित्रिए

गएको ४ महिनामा १ अर्ब बढीका राउटर नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म १ अर्ब ५५ करोड ७३ लाख ५ हजार बराबरका राउटर नेपाल भित्रिएका हुन् ।  भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा १ अर्ब बढीको ४ लाख ७५ हजार ५९९ पिस राउटर आयात भएको उल्लेख गरिएको छ ।  गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म ८४...

टिकटकका सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे

१७ असोज, काठमाडौं। लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले प्रविधि उद्योगको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । चिनिया एप टिकटक १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको एप बन्न सफल भएको छ । एक ब्लग पोस्ट मार्फत् टिकटकले सोमबार यस्तो जानकारी गराएको हो । यो सँगै टिकटक गुगल तथा फेसबुकको स्वामित्वमा रहेका बाहेक १ अर्ब सक्रिय प्रयोगकर्ता […]

मल खरिदमा १ अर्ब भन्दा बढीको अनियमितता

मल आयातको परिणामभन्दा बढी १ अर्ब १७ करोड रुपैयाँ निकासा दिएको पाइएको हो ।

फोनपेबाट एक दिनमा १ अर्ब बढीको कारोबार

भुक्तानी सेवा प्रदायक फोनपेबाट हुने दैनिक कारोबार १ अर्ब पुगेको छ । फोनपे नेटवर्कबाट एक दिनमा १ अर्ब रुपैयाँ कारोबार भइरहेको कम्पनीले जनाएको छ ।  नेपालको डिजिटल भुक्तानी प्रणालीमै दैनिक एक अर्ब कारोबार ठूलो उपलब्धि भएको जनाएको छ । उसले यो एउटा नम्बरमात्र नभएर ठूलो उपलब्धि भएको जनाएको छ ।  फोनपेमा हाल १ करोड ३० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५५ बढी बैंक तथा वित्तिय...