प्रतिनिधि सभा बैठक अझै सुरु भएन

प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। संसद सचिवालयले दिउँसो चार बजे बैठक बस्ने भनिए पनि पाँच बजिसक्दा समेत संसद बैठक सुरु भएको छैन।

सम्बन्धित सामग्री

संसद् बैठक अझै सुरु भएन, प्रधानमन्त्री संसद् भवनबाट बाहिरिनुभयो

काठमाण्डौ – आइतबार दिउँसो चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । बैठकका लागि सांसदहरू संसद् भवन नयाँ बानेश्वर पुगिसकेका छन् । तर चार बजेका लागि तोकिएको बैठक पाँच बज्दासम्म पनि सुरु भएको छैन । बैठकमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिनुभएको छ । नेकपाभित्रको विवाद र सर्वोच्च अदालतले नेकपाको आधिकारिकताको विषयमा गरेको फैसलाका कारण प्रतिनिधि सभा बैठक सुरु हुन ढिलो भएको बुझिएको छ ।