सरस्वती कर्माचार्य, काठमाडौं । अफगानिस्तानबाट बाहिरिन चाहने अफगान तथा विदेशी नागरिकको भीडमा करिब १४/१५ सय नेपाली उद्धारको आसमा आइतबार रातिदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि स्वदेश फर्किनका लागि ती नेपालीहरु विमानस्थलमा पर्खेर बसेका हुन् । काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रूपमा कार्यरत कर्णाली प्रदेशको राजधानी […]