पोखराको प्रारम्भिक नतिजा : गठबन्धनका उम्मेदवार धनराज पछाडि

पोखरा महानगरपालिकाको जारी मतगणनाअनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य पछि परेका छन् । नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार आचार्यले प्रारम्भिक मत परिणामअनुसार जम्मा ५० मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार कृष्ण थापाले ६१ मत पाएका छन् ।  पोखरा महानगरपालिकामा अहिले वडा नम्बर १ र १२ को मतगणनामा भइरहेको छ।