काठमाण्डाै – हङकङ सरकारले 'स्ट्यान्ड न्युज' समाचार संस्थाका सम्पादकसहित सात जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्वतन्त्र समाचार संस्थाका सम्पादक र पूर्वसम्पादकसहित कर्मचारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।
प्रकाशन गृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज होलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रकाशन गृहमा छापा मार्न दुई सयभन्दा धेरै प्रहरी खटिएका छन् । प्रहरीले विज्ञप्ति निकालेर प्रकाशन गृहका समाचारसम्बन्धी कागजात नियन्त्रण गर्न आफूहरूले अधिकार पाएको जानकारी ग...