काठमाडौं : नेपाली कांग्रेस पदाधिकारी बैठकमा सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल भएको छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा बोलाएको बैठकमा सभामुख र उपसभामुखको चुनावका सन्दर्भमा केन्द्रित भएर छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। उनका अनुसार बिहीबारको बैठकमा धेरैजसो पदाधिकारी अनुपस्थित रहे। ‘विशेषगरी माघ ५ र ७ गते हुने सभामुख र उपसभामुखको निर्वाचनका सन्दर्भमा छलफल भयो।’ पाण्डेले भने, ‘हाम्रो मात्रै मतले जित्ने अवस्था छैन। संसदमा रहेका