देउवालाई उनकै समूहका नेताहरूले सोधे- निधिको कुरा के हो?

‘कांग्रेसको संगठन बिग्रेको छैन। संसदीय क्षेत्रमा झिनो मतले गत चुनावमा हारेका कारण कांग्रेस कमजोर देखिएको हो,’ देउवाका भनाइ उद्धृत गर्दै उनले भने, ‘केन्द्रीय राजनीति पनि तरल छ। यस्तो बेला राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुभव हासिल गरेको मैले नै पार्टी नेतृत्व गर्दा राम्रो हुन्छ।’