टी-२० विश्वकप-२०२३ को एसिया छनोट नोभेम्बरमा

काठमाडौं। नेपालले खेल्ने आईसीसी महिला टी-२० विश्वकप-२०२३ को एसिया छनोटअन्तर्गत समूह 'बी' को नयाँ खेलको मिति तय भएको छ। आईसीसीले कोरोना भाइरसको कारण एसिया छनोट 'बी' को नयाँ मिति तय गरेको हो। आईसीसीको नयाँ मितिअनुसार छनोट खेल आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ। यस अघि छनोट खेल सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका रहेको थियो।