काठमाडौँ : लकडाउनको अवधिमा देशभर २ सय ७० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि जेठ ३ गतेसम्म २ सय ७० वटा उजुरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिइएको छ।
सबैभन्दा धेरै प्रदेश नम्बर २ मा घरेलु हिंसाका उजुरी परेका छन्।