बर्ड फ्लू : तारकेश्वरमा अध्ययन गर्न प्राविधिक टोली पुग्दै, घरपालुवा पक्षीमा समस्या देखिए परीक्षण गराउन आग्रह

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा बर्ड फ्लू देखियो, प्राविधिक टोली घटनास्थलमा

काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरस्थित एक कृषकको व्यावसायिक टर्की फार्ममा बर्ड फ्लू देखिएको छ। व्यावसायिक रुपमा पालिएका टर्की धमाधम मरेपछि नमुना परीक्षण गर्दा बर्ड फ्लू भेटिएको पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त प्रमुख मोहन गिरीले थाहा खबरलाई जानकारी दिए।उनका अनुसार पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान भइरहेको प्रमुख गिरीले बताए।सो फर्ममा करिब १५ सय टर्की रहेको बताइएको छ