श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलङ्काको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ । तथ्याङ्कअनुसार अक्टोबरमा श्रीलङ्काले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ । केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलङ्काको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो । […]