पाल्पाको तानसेनमा मेयर कांग्रेस र उपमेयरमा माओवादी विजयी

पाल्पा – पाल्पाको तानसेन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ मेयर पदमा विजयी  हुनुभएको छ । यस्तै उपमेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रतिक्षा सिंजाली विजयी हुनुभयो । पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गर्नुभएको छ ।   उपप्रमुखमा माओवादी केन्द्रकी प्रतिक्षा सिंजालीले ११ हजार १ सय ५१ मत प्राप्त गरि विजयी...

सम्बन्धित सामग्री

पाँचथरको फिदिम नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

पाँचथर– पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको मेयरमा गठबन्धनबाट  नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाकाे गठबन्धनमा मेयर पदका उम्मेदवार पृथ्वी लावतीलाई ६ सय १ मत अन्तरले हराँउदै उहाँ विजयी बन्नुभएको हो । काफ्लेले ९ हजार ६,२८ मत पाँउदा लावतीले ९ हजार २७ मत प्राप्त गर्नुभयो । यस्तै उपमेयर पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ । एमाले-राप्रपाको गठबन्धनबाट राप्रपाका जगत थापा मगरलाई तीन हजार १९५ म...

मध्यपुर थिमीमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी हुनुभएकाे छ। मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरेर पराजित हुनुभएको हो। मध्यपुरमा मेयर कांग्रेसले जित्दा सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रले उपमेयर हात पारेको छ। […]

अर्घाखाँची शितगंगानगरको मेयर कांग्रेस र उपमेयर माओवादी विजयी

शीतगंगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार बसन्तकुमार श्रेष्ठलाई १६ सय ८७ मत अन्तरले हराउँदै कांग्रेसका सुर्यप्रसाद अधिकारी मेयरमा विजयी भए । अधिकारीले ८ हजार ६ सय ७७ मत ल्याए । श्रेष्ठले ६ हजार ९ सय ९० मत ल्याए ।