काठमाडौं : अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोप लागेपछि भइरहेका प्रचारबाजी तथा प्रदर्शनमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ। शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आयोगले अनुसन्धान प्रक्रियामा संयमित भई सघाउन आग्रह गरेको हो। प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा समाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्ति प्रति आफूहरूको ध्यानाकर्षण भएको र विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन पनि गरिरह