चुनावले फेरिँदै भारदहको भाग्य

एकताका पहिचानसहितको अधिकार प्राप्तिको मधेस आन्दोलनको केन्द्रमा थियो, भारदह । पछिल्लो ६ महिने आन्दोलनमा यहाँका पाँच जनाले ज्यान गुमाए । तर, यो ऐतिहासिक थलो अहिलेसम्म अस्तित्वकै लागि संघर्ष गरिरहेको छ । मधेस मुद्दाको सहज अवतरणपछिको स्थायी शान्तिको चाहमा छन्, स्थानीय ।