भक्तपुरमा ६० वर्षीया महिलामाथि 'एसिड' प्रहार : श्रीमान पक्राउ, अनुसन्धान गर्दै प्रहरी

काठमाडौः गएराति भक्तपुरमा एक महिलामाथि 'एसिड' प्रहार भएको छ। सूर्यविनायक ४ दधिकोट बस्ने ६० वर्षीय पूजा गुभाजुमाथि राति एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले बताए। एसिड प्रहार गरेको अभियोगमा प्रहरीले पूजाका श्रीमान श्याम गुभाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 'राति नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।…