ढोरपाटन– सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो । वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गरे । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, […]
तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरूले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन् ।
रामपुर (पाल्पा) : बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ। परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन। छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा ‘हाइब्रिड’ जातका बीउमा धेरैको आकर्षण बढेको छ। थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन्। परम्परागत रूपमा लगाउँदै आएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्र
म्याग्दी । म्याग्दीमा चैत महिना लागेसँगै ३ पटकसम्म भीषण असिना पर्दा खडेरीबाट बचेकाे हिउँदे बाली समेत नष्ट भएकाे छ । उत्तरी म्याग्दीमा शुक्रबार परेको असिना पानीले खडेरीबाट बचेकाे हिउँदे बाली, तरकारी र फलफूल बाली नष्ट गरिदिएको हाे । ५ महिनापछि भएको हिउँदे वर्षासँगै असिना परेपछि किसानहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् । लामो खडेरीपछि […]
सर्लाही – तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर परेको छ ।
पानी नपर्दा गहुँ, तोरी, चना, मुसुरो जस्ता हिउँदे बालीमा असर परेको छ । त्यसैगरी, पानी नपर्दा फलफूलको चिचिला सुकेर झर्न थालेको छ ।
तराईका जिल्लामा विगत सात महिनादेखि पानी पर्न सकेको छैनन् । हिउँदे वर्षा नहुँदा बाली र फलफूल खेतीमा असर परेको सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखामा प्रमुख अम्बिका मैनालीले बताउनुभयो ।
जमिन सुक्खा भएर भावर तथा चुरे क्षेत्रमा खानेपानीको समेत समस्या हुन थालेको छ । खोला तथा नदीमा ...
मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका-२ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पुर्याएको छ। बुधवार आएको असिनापानीले वडा नम्बर २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पुर्याएको हो।
बिक्री गर्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन्। मायाटारका राजबहादुर प्रजाले…
धनकुटा बिहिबार र शुक्रबार परेको असिना पानीको कारण धनकुटाको तरकारी पकेट क्षेत्र छथरजोपाटी गाउँपालिको सिंधुवा, सल्ले, मजुवा, नाम्जाङ्ग र महालक्ष्मी नगरपालिकाका विभिन्न क्षेत्रमा एक हजार २ सय १० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट भएको छ । छथरजोपाटी गाउँपालिकाका विभिन्न वडामा लगाइएको तरकारी बाली पूर्णरुपमा सखाप भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन […]