दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम, सचेत रहन कम्पनीको आग्रह

दराजले पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै ह्वाट्सएपमा म्यासेज आए सचेत हुन आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम हुन थालेको दराजले जानकारी दिएको छ ।  ‘नमस्ते, म दराजको भर्ती प्रबन्धक हुँ । हामी हाल पार्टटाइम अनलाइन कर्मचारीको भर्ती गर्दैछौं’ भन्ने म्यासेज आए त्यस्ता म्यासेजबाट सचेत रहन दराजले अनुरोध गरेको छ ।...