आँपटारी तौलपुल स्टेशन : ओभर लोड बोक्नेलाई जरिवाना, झारिँदैन सामान

कुलप्रसाद काफ्लेचितवन : सडक सुरक्षा र दुर्घटना कम गर्न भरतपुरको आँपटारीमा स्थापना गरिएको तौलपुल स्टेशन राजस्व संकलनमा मात्रै केन्द्रित भएको छ। तौलपुलमा भार क्षमताभन्दा बढी मालसामान बोकेका गाडीलाई कारबाही गरी जरिवाना असुल गर्ने तर बढी भएको सामग्री नझिक्ने गरिएको पाइएको छ।भार क्षमताभन्दा बढी मालसामान (ओभर लोड) बोक्ने गाडीका कारण नेपालमा नयाँ पिच भएका सडकहरु समेत छिट्टै जीर्ण हुने गरेका छन्। सडकहरु जीर्ण बन्दा दुर्घटनाको दर समेत बढेको देखिन्छ। यसलाई नै लक्षित गरेर स्थापना गरिएको तौलपुलको प्रभावकारि