बाढीपहिरोमा परेर भत्केका घर पुनर्निर्माण गर्न सरकारले ५ लाखसम्म अनुदान दिने

काठमाडौँ । मुलुकमा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपदबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकारले अनुदान दिन थालेको छ। विपदबाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारबाट रु २० करोड रकम प्राप्त भएको र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन शुरु गरिएको जनाइएको छ। पहिलो चरणमा […]

सम्बन्धित सामग्री

डोटी भूकम्पपछिको पुनर्निर्माण अन्योलमा

पूर्ण रूपमा क्षतिग्रस्त साढे चार हजार र आंशिक ११ हजार घर पुनर्निर्माण सुरु हुन सकेन डोटी केन्द्रबिन्दु भएर भूकम्प गएको दुई महिना बितिसक्दा पनि सरकारले पुनर्निर्माणबारे कुनै नीतिगत निर्णय लिन सकेको...

गोरखा भूकम्पको सात वर्ष : सिन्धुपाल्चोकमा ८३ हजार ९७१ घर पुनर्निर्माण

वैशाख १२, सिन्धुपाल्चोक । गोरखा भूकम्पको सोमवार सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन मध्याह्न ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।  यस भूकम्पबाट सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो । त्यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुंगा जिल्लामा भूकम्पले क्षति पुर्‍याएको थियो ।  बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अतिप्रभावित जिल्लाका रुपमा घोषणा गरेको थियो । भूकम्पले करीब ९ हजार मानिसको निधन भएको थियो । भूकम्पले सिन्धुपाल्चोकमा मात्रै तीन हजार ५७० जनाको मृत्यु भएको थियो भने ९५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका थिए ।  यहाँका ५४७ विद्यालय ध्वस्त भएकामा ९८ प्रतिशत विद्यालय निर्माण सम्पन्न भएका छन् । यहाँका ७५ ओटा स्वास्थ्यचौकीमा पूर्णरुपमा क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ ।  भूकम्पबाट सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचीमा परेका थिए । हालसम्म तेस्रो किस्ता लिएर ८३ हजार ९७१ घर निर्माण भइसकेको र बाँकी निर्माणाधीन रहेका जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ । यसअन्तर्गत २२ ओटा एकीकृत बस्ती निर्माण सम्पन्न भएका छन् । रासस

पुरातात्विक सम्पदाहरूको संरक्षणमा सरकारले चासो दिएन : शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन् । मेयर शाक्यले सम्पदाहरूको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताएका हुन् ।शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उनले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरूको पुनःनिर्माणको कामलाई अघि बढाएको दाबी गरे  ।उनले महानगरपालिका

सम्पदाहरूको संरक्षणमा संघीय सरकारले चासो नदिएको मेयर शाक्यको गुनासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्। सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताएका हुन् । शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उनले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरुको पुनःर्निर्माणको […]

ऐतिहासिक सम्पदा संरक्षणमा संघीय सरकारले चासो दिएन : मेयर शाक्य

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उहाँले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरूको पुनःनिर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।

महाकवि देवकोटाको भत्किएको घर !

सरकारले २०४८ सालअघिकै स्वरुप कायम हुनेगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको  मैतीदेवीस्थित घर पुनर्निर्माण गर्न थालेको छ । गत भदौमा महाकवि देवकोटाको घर भत्काइएको थियो । देवकोटाको घर भत्काएकोमा संस्कृतिविदहरुले सरकारको आलोचनासमेत गर्दै आएका छन् ।पछिल्लो एक सातायता त्यहाँ घर निर्माण कार्य चलिरहेको छ । यसअघि चार तलाको घर बनाउनेगरी डीपीआर तयार भए पनि अहिले डीपीआर फेरेर तीन तलाको घर बनाउने निर्णय गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।६ करोड ४०

गण्डकी सरकारले मनाङका बाढी पीडितलाई प्रतिपरिवार २ लाख दिने

१ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने भएको छ । मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल सोमबार क्षतिग्रस्त ठाउँको स्थलगत अनुगमन गर्दै राहत कार्यक्रम घोषणा गरेका हुन् । जेठ दोस्रो साता र असार १ गते आएको बाढी, पहिरोले मनाङमा ८५ […]

६ वर्षपछि टहरोबाट पक्की घरमा बास

तेमाल गाउँपालिकामा २०७२ सालको विनासकारी भूकम्पले घर भत्केपछि प्रायजसोले घर पुनर्निर्माण गरे । तर, भूकम्पले घर भत्काएको ६ वर्ष बित्दा पनि तेमाल गाउँपालिकाका १३ परिवारले भने आर्थिक अवस्था अति नै कमजोर भएकै कारण घर पुनर्निर्माण गर्न सकेका थिएनन् । सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण मार्फत उपलब्ध गराएको पहिलो किस्ता रकम लिएपनि उनीहरूले घर पुनर्निर्माण गर्न नसकेपछि […]

गत वर्ष भत्किएका घर पुनर्निर्माणका लागि रकम प्राप्त

दमौली । गत वर्षको बाढीपहिरोले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले रकम निकासा गरेको छ । गत वर्षको असारमा आएको बाढीपहिरोले भत्किएका घर पुनर्निर्माण गर्न राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा एक करोड ५१ लाख आठ हजार ७५० प्राप्त भएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार […]

बाढी पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि अनुदान दिन थालियो

२० वैशाख, काठमाडौं । गत वर्ष बाढी र पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि सरकारले अनुदान रकम दिन शुरु गरेको छ । सोमबार पहिलो चरणमा म्यादीका २४७ वटा निजी घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि एक करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको छ । राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका प्रमुख […]