प्रातःकालीन भ्रमणमा निस्कनुहोस्, भक्ति-भजन गुञ्जिएको सुन्न सक्नुहुनेछ । भक्ति-भावको यस्तो धुनले मठ-मन्दिरलाई मात्र कहाँ हो र ! जनमानसको घर-घरलाई पनि संगीतमय बनाइरहेको हुन्छ । धार्मिक कार्य, सप्ताह, पूजाआजामा त भक्ति-भजन अनिवार्य भइहाल्यो । रेडियो, टेलिभिजनले बिहानीको शुरूआत पनि यस्तै भजन संगीतबाट गर्ने गर्छन् । गायत्री मन्त्र, सरस्वती वन्दना आदि त सदाबहार भजन गीत नै भए […]