पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नम्बर गण टोली परिचालन भएको छ । प्रहरी टोलीले यहाँका विभिन्न नाका तथा बजार क्षेत्रमा बिनाकाम हिँडडुल गर्न, घुम्न, जम्