कर्णाली प्रदेशमा कारोना भाइरस (कोभिड–१९)को संक्रमण दर निरन्तर ओरालो लाग्दो छ । दैनिक तथ्याङ्क अनुसार संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर देखिएको हो । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशभर जम्मा ९१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ भने १८४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । १३८ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ५१ जना र १५३ जनामा गरिएको एन्टिजेन विधिबाटको परीक्षणमा ४० जनामा कोरोना संक्रममण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।यस्तै २४ घण्टाको