सोलुखुम्बु जिल्ला समन्वय समितिको खातामा रहेको २२ करोड रोयल्टी अझै कार्यान्वयनमा आएको छैन । आर्थिक् वर्ष २०७२/०७३ मा हिमालको सलामी दस्तुर बापत जिल्लाले पाएको पर्यटन रोयल्टीको ४० करोडमध्ये करिब २२ करोड तत्कालीन जिल्ला विकास समितिले खर्च गर्न सकेको थिएन ।बाँकी रहेको २२ करोड रुपैयाँ जिल्ला समन्वय समितिको खातामा भएपनि अझै निकासका लागि समस्या देखिएको छ […]