अफगानिस्तानमा मानवीय सहयोगका लागि विश्व बैंकद्वारा २ सय ८० मिलियन डलर अनुमोदन

काठमाण्डाै – विश्व बैंक दाताहरूले अफगानिस्तानमा मानवीय सहयोगका लागि दुई सय ८० मिलियन अमेरिकन डलर रकम अनुमोदन गरेका छन् । अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा रकम उपलब्ध गराउन सहमत भएका विश्व बैंकलाई उद्धृत गर्दै समाचारसंस्था एएनआईले जनाएको छ । विश्व बैंकले निकालेको विज्ञप्तिमा दुई सय ८० मिलियन डलरमध्ये अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न युनिसेफले एक सय मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ भने डब्लुएफपीले अफगानिस्तानमा खाद्य सुरक्षा र ...

सम्बन्धित सामग्री

भारतको च्याम्पियन बन्ने आशा कायमै

एजेन्सी – भारतले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियाले दिएको विशाल विजयी लक्ष्य पछ्याउँदै च्याम्पियन बन्ने आशा कायमै राखेको छ । चौथो दिनको खेल सकिँदा भारत दोस्रो इनिङमा १६४-३ को अवस्थामा छ । भारतलाई अन्तिम दिन जितको लागि २ सय ८० रन चाहिँदा हातमा ७ विकेट हुनेछ । उता अष्ट्रेलियालाई जितको लागि अन्तिम […] The post भारतको च्याम्पियन बन्ने आशा कायमै first appeared on Hamro Khelkud.

महँगो भयो भान्सा, दैनिकी कष्टकर बन्दै

फागुन २४, काठमाडौं । पछिल्लो समय महँगी चुलिएको छ । १ महीनाअघि प्रतिलिटर २३० रुपैयाँमा पाइने सूर्यमुखी तेलको भाउ अहिले २ सय ८०/ ९० रुपैयाँसम्म पुगेको छ । भटमासको तेल लिटरमै ३० रुपैयाँ बढेर २६० पुगेको छ । चामलको भाउ पनि बोरामा २०० सम्म बढेको छ । सिजनका केही तरकारी सस्तो भए पनि अरू तरकारी छोइसक्नु छैन ।  ‘३ जनाको परिवारका लागि मासिक एकमुष्ठ ९/१० हजारको सामान किन्दा महीना दुखजिलोले टथ्र्यो । तर, अहिले १२र१३ हजारले पनि छोप लाग्दैन,’ कीर्तिपुर ट्याङ्गला फाँटकी स्थानीय बासिन्दा सृजना दाहालले भनिन् ।  सिजनका केही तरकारीको भाउ ठीकै भए पनि अन्य तरकारी खाइ नसक्नु भएका छन् । तरकारी, आलु, प्याज, फलफूलको खर्चसमेत जोड्दा आफूलाई महीना टार्न साह्रै गाह्रो हुन थालेको दाहालको भनाइ छ । खाद्यवस्तु मात्रै नभएर डाइपरलगायत अखाद्य सामान पनि महँगो बनेपछि श्रीमान्को तलबमा आश्रित दाहाललाई अहिले भातभान्सा चलाउन सकस भएको छ ।  गेडागुडी, दाल, चामल, पिठोलगायत अधिकांश खाद्यवस्तुको भाउ १ महीनाको बीचमै १० देखि २५ प्रतिशतसम्म महँगो भएको बल्खुको होलसेल पसलमा मासिक सामान किन्न आएका चोभारका मदन ढोडारीले बताएका छन् । घरभान्सा श्रीमतीले हेर्ने भए पनि महीनाभरिलाई पुग्ने सामान किन्न भने उनी नै जान्छन् । ‘अघिल्लो महीनाको तुलनामा दाल, चामल, पिठो, चिउरा, तेल सबै खाद्यवस्तु महँगो भएछ,’ उनले भने ।  भान्सा चलाउन भान्साकै सामानमा मात्रै नभएर लत्ता कपडा, दैनिक पाकेट खर्च र घुमफिरलगायत अन्य मासिक खर्च कटौती गर्नुपर्ने अवस्थामा आफू पुगेको पाटनमा एउटा एनजीओमा काम गर्ने ढोडारीले बताए । पेट्रोलको भाउ बढेपछि मोटरसाइकल नै चढ्न नसक्ने भएको अवस्थामा दैनिक उपभोग्य सामानको पनि भाउ बढेपछि अहिले उनलाई काठमाडौंमा कोठाभाडा तिरेर २ सन्तान पढाउन हम्मेहम्मे परेको छ ।  इमाडोलकी लक्ष्मी शर्माको कथा पनि यस्तै छ । महँगी बढेपछि दुई जनाले दुःख गरेर कमाउँदा पनि ७ जनाको परिवार पाल्न शर्मा दम्पतीलाई समस्या भइरहेको छ । ‘बजारमा सबै सामानको भाउ बढेको छ, कोरोना भाइरसको महामारी शुरू भएदेखि नै भातभान्सा टार्न सकस हुन थालेको थियो, फागुन लागेपछि महँगी आकाशिएर छोइ नसक्नु भएको छ,’ शर्माले भनिन् । समग्रमा महँगी २५ प्रतिशतसम्म बढेको अनुभव शर्माको छ ।  कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय महँगी निरन्तर उकालो लागिरहेको थियो । फागुनको महीनाको शुरूमा दूधको भाउसमेत बढेको थियो । त्यसपछि दुग्धजन्य सबै पदार्थको भाउ बढेको छ ।  रूसले युक्रेनमा आक्रमण गर्नुअघि नै पेट्रोलियम पदार्थको भाउ बढेको आडमा व्यापारीहरूले सामानको भाउ मनलाग्दी बढाइरहँदा यसको असर आम नेपालीको भातभान्सामा पुगेको थियो ।  रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर सन् २००८ यताकै उच्चस्तरमा उक्लिएको छ । युद्धको प्रभावस्वरूप रूस र युक्रेन मुख्य उत्पादक रहेका खाद्यान्नको भाउ त बढेको छ नै आपूर्ति शृंखलामा आएको अवरोध र ढुवानी लागतमा भएको वृद्धिका कारण समग्रमा सबै खालको उपभोग्य वस्तुको भाउ वृद्धि भएको छ ।  युक्रेनी संकट मत्थर हुने कुनै संकेत नदेखिएको अहिलेको अवस्था विश्व बजारमा कच्चा तेल र गहुँ, भटमास, मकै, सूर्यमुखीका दानालगायत सामानको भाउ आगामी दिनहरूमा झनै बढ्ने देखिएको छ । यसको प्रभाव स्वरूप महँगी झनै बढेर सर्वसाधारणलाई भातभान्सा टार्न थप कठिन हुने देखिन्छ ।