काठमाडाैं : नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल-खनाल समूहका कारण बहुमतको सरकार गठन प्रक्रिया बढाउन नसकिएको जनाएको छ।बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठन प्रक्रिया अघि बढाउने कुरा भए पनि अन्तिम समय सम्म जसपाले निर्णय गर्न नसकेको ठहर गरेको हो।आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको नेपाल खनाल पक्षले पनि अन्तिम समयमा आएर धोका दिएको निष्कर्ष माओवा