कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन खण्डको निर्माण कार्य सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने कार्य हालै सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्धारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रमको आयोजना गरी प्रशारण लाइनको चाबी हस्तान्तरण भएको छ । अनुमानित ११ करोड २० लाख अमेरि