काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अनधिकृत रूपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि कारबाही गरिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले स्वीकृति नदिएका पाठ्यपुस्तक वितरण गर्नेलाई अविलम्ब कारबाही गर्ने जानकारी दिए । सांसदहरूले धर्म परिवर्तन गराउने कार्यमा संलग्न भएर सरकारले पाठ्यपुस्तक तयार गरेर वितरण गरेको भन्दै […]