२६ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले त्रिविको ४८औं दीक्षान्त समारोहमा वितरण गरेको सेमेष्टर प्रणालीतर्फको शैक्षिक प्रमाणपत्रमा त्रुटि भएको भन्दै नेपाल विद्यार्थी संघले सच्याउन माग गरेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै सेमेष्टर प्रणाली अन्तर्गत उत्तीर्ण गरेका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको ग्रेडिङ मार्क्समा समेत त्रुटि भएको पाइएको जनाएको […]