५० हजार ऋणमा १२ लाखको तमसुक बनाई गाउँ नै सुकुम्बासी बनाएका सुदखोर अनिरुद साह पक्राउ

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकाका नामुद मिटरब्याजी अनिरुद शाह पक्राउ परेका छन् । ५० हजार ऋण दिएर १२ लाखसम्मको तमसुक बनाएका शाह भदौ ३ गते साँझ भंगहा नगरपालिकाबाट पक्राउ परेको महोत्तरी जिल्लाका एसपी कृष्ण पंगेनीले नेपालप्रेसलाई बताए । पंगेनीका अनुसार अनिरुदविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्जनौं उजुरी परेका छन् । कसैले जाहेरी हालेका छन् भने […]