गर्मी शुरू हुन थालेको छ । यो मौसममा चिसो खान मन लाग्छ ।
अझ लस्सी त मानिसहरूले खुबै रुचाएर खाने गर्छन् । यो पिउन पनि स्वादिलो हुन्छ अनि यसमा पोषक तत्त्वहरू पनि पाइन्छन् ।
लस्सी दहीबाट तयार पारिन्छ । दहीमा भिटामिन, क्याल्सियम, आइरन, प्रोटीन, म्याग्नेसियम, एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल गुण हुन्छ ।
यस्ता छन् यसका फाइदा :
रक्तचाप नियन्त्रण
लस्सीमा भएका गुणका कारण रक्तचाप नियन्त्रणमा रहन्छ । उच्च रक्तचाप भएकाहरूले यसको सेवन गर्नु राम्रो हुन्छ ।
रोगप्रतिरोधक क्षमता बढाउन
दहीमा भएको प्रोब...