हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग र विद्युतीय बस खरिद कार्यक्रम स्थगित गरेको छ। एमाले नेतृत्वको अघिल्लो सरकारले गौरवको आयोजनामा राखेको सुरुङमार्ग निर्माण र विद्युतीय बस खरिद कार्यक्रमलाई वर्तमान सरकारले स्थगित गरेको हो। यसअघि नै सत्तारोहण गरेलगत्तै यी योजना कार्यान्वयन गर्न रोक लगाएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै योजना कार्यान्वयन गर्न नसक्ने बताए।मुख्यमन्त्री पाण्डेले भीमफेदी-क