सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौं (अस) । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । यसका लागि ग्राहकले बैंकको इजी बैंक प्लाटफर्मप्रयोग गरीे भौतिक रूपमा बैंकसम्म नपुगेरै घरबाटै आवश्यक विवरण भरी अनलाइनमार्फत मुद्दती खाता खोल्न आवेदन दिन सक्नेछन् । ग्राहकले उक्त मुद्दती निक्षेप खातामा बैंकले दिँदै आएको ब्याज दरको लाभ लिन सक्नेछन् । यसअघि यो सेवा बैंकको मोबाइल बैंकिङ एप सिद्घार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकले घरबाटै इजीबैंक वा बैंकएसएमआर्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्ने बैंकले बताएको छ ।

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकमा अनलाइनबाटै मुद्दती खाता खोल्न सकिने

सिद्धार्थ बैंक  Siddhartha Bank Limited ले  २०७८ कार्तिक देखि अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । बैंकले आफ्नो इजी बैंक प्लेटफर्म  प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने जनाएको हो। ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्ने बैंकले जनाएको छ । पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्घार्थ स्मार्ट बैंकबाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकहरुले घरबाटै इजी बैंक वा स्मार्टबैंक प्रयोग गरी मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैंकिङ्ग सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको जनाएको छ ।