दक्षिण कोरियामा अत्याधिक चिसो, राजधानी बीचबाट बग्ने नदी नै जम्यो

एजेन्सी । दक्षिण कोरियाको राजधानी सिउलको बीचबाट बग्ने हान नदी अत्याधिक चिसोका कारण जमेको छ । दक्षिण कोरियामा यो वर्ष अत्याधिक चिसो महसुस गरिएसँगै राजधानी सिउल हुँदै बग्ने नदीमा बरफ जमेको हो । अहिले सिउल सहरको तापक्रम माइनस २० डिग्री सम्म पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । पछिल्ला २ वर्षमा पहिलोपटक उक्त नदी जमेको हो ।कोरियाली मौसम विभागका अनुसार मंगलबार अपरान्ह सिउलको तापक्रम माइनस १६ डिग्री रेकर्ड गरिएको छ । अत्याधिक चिसोका कारण सिउलको गेम्पो अन्तर्राष्ट्रिय एयरपोर्टसहित अन्य