इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ । एलइटालियाका पूर्व फ्लाइट एटेन्डेन्टहरूले जागिर गुमाएको र तलब काटेको विरोधमा आफ्नो युनिफर्म उतार्दै विरोध प्रदर्शन गरेका हुन् ।रोमको क्याम्पिडोगिालोको मुख्य चोकमा करिब ५० जना पूर्व फ्लाइट एटेन्डेन्टहरू एलइटालियाको युनिफर्ममा भेला भएर त्यसलाई उतारेर भित्री वस्त्रमा उभिएर प्रदर्शन गरेका थिए । जागिर गुमाएको मात्र होइन, आईटीए एयरवेजमा पुनः अनुबन्ध गरिएकाहरूलाई दिइएको करारको