वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलसहित दुई मन्त्रीले लिए शपथ

हेटौंडा : वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्री जम्कट्टेलले शपथग्रहण गरेका हुन्। प्रदेश प्रमुख शर्माको निवासमा मुख्यमन्त्री जम्कट्टेलसँगै अन्य दुई मन्त्रीले शपथग्रहण गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलसँगै पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरूमा नेकपा (एमाले)का जगन्नाथ थपलिया र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव थापा…