काठमाडौं, ४ वैशाख। सडक विभागले सम्झौताको शर्तबमोजिम काम नगर्ने निर्माण व्यवसायीलाई क्षतिपूर्ति भन्दै १६ करोड ३७ लाख ९८हजार रुपैयाँ दिएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदनअनुसार विभागले आर्थिक वर्ष २०७८/७९मा उक्त रकम निर्माण व्यवसायीलाई दिएको हो। ‘यसबाट बजेटमा समेत असर परेको छ,’ प्रतिवेदनमा उल्लेख छ। अदालतमा विचारधीन १५मुद्दा बाहेक मध्यस्थतामा रहेका २५मुद्दामा निर्माण व्यवसायीले १अर्ब८६करोड२६लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरेका छन्।